
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो लेटरहेडबाट कोशी प्रदेशको नाम हटाएका छन्। मुख्यमन्त्री राईले तमु ल्होसारको अवसरमा दिएको शुभकामना सन्देश सहितको लेटरहेडमा प्रदेशको नाम उल्लेख गरिएको छैन ।
उनले दिएको शुभकामना सन्देशमा मुख्यमन्त्रीको लोगो र प्रदेश राजधानी विराटनगर मात्रै राखिएको छ । पहिचानवादीहरुले कोशी प्रदेश नामाकरणको विरोध गरिरहेको अवस्थामा मुख्यमन्त्रीले नै लेटरहेडमा नाम नसमेट्नु अनौठो भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भईरहेको छ ।
हेर्नुहाेस् मुख्यमन्त्रीकाे शुभकामना सन्देश
