
काठमाडौं। शुभकामना सन्देशमा प्रदेश नाम गायव भएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको चौतर्फी आलोचनापछि लेटरहेड सच्याएको छ । तमु ल्होसारका अवसरका दिएको शुभकामना सन्देशमा मुख्यमन्त्रीले लेटरहेडमा प्रदेशको नाम गायब भएको थियो ।
‘विराटनगर नेपाल’ मात्रै रहेको लेटरप्याडमा प्रदेशको नाम नै गायब देखिएपछि उनी कुन प्रदेशका मुख्यमन्त्री हुन् भन्ने प्रश्न सन्जालमा आलोचना भएको थियो । उक्त आलोचनापछि मुख्यमन्त्रीको सचिवालयले केहीबेरमै अर्को शुभकामना सन्देश सार्वजनिक गर्यो, जसको लेटरहेडमा ‘कोशी प्रदेश विराटनगर नेपाल’ लेखिएको छ।
याे पनि पढ्नुहाेस्
हेर्नुहोस् पत्र सहित
