images

गृहमन्त्री श्रेष्ठले प्रहरी हिरासतमै गएर मन्त्री सहित जनमत पार्टीका नेता कार्यकर्ता छुटाए

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनमत पार्टीका अध्यक्षृ सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानलाई प्रहरी हिरासतमै गएर छुटाएका हुन् ।

सभामुख देवराज घिमिरे उनीहरु पक्राउबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका थिए । फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर माननीयहरुलाई छुटाउने बताएका थिए ।

लगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले माननीयहरुले छुटेको जानकारी दिनुभएको थियो भने आईजीपीले घटनाबारे जानकारी गराएको सभामुख घिमिरेको भनाईलाई उदृत गर्दै उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।