images

राष्ट्रिय सभा उम्मेद्वारको भागबन्डाबारे कांग्रेस र माओवादीबीच बालुवाटारमा छलफल

काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वारको भागबन्डा टुंगाउन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादीबीच छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस र माओवादीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

त्यसै गरि माओवादीका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए।

आजको छलफलमा दुई दलहरुले कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेबारे प्रारम्भिक छलफल गरेका छन्। कांग्रेसले आफ्नो मतभार बढी भएको भन्दै कम्तीमा १० सिट आफूले पाउनु पर्ने दाबी गरेको छ ।