images
images

सुर्खेत लगियो बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको शव

काठमाडौं। ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर निधन भएका दुई युवाको शव नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको छ।

गत शुक्रबार इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर जनाको मृत्यु भएको थियो ।

मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर उनीहरुको शव सुर्खेत लगिएको प्रहरीले जनाएको छ । सोमबार पीडित पक्ष र सरकारबीच चार बुँदे सहमति पश्चात मृतकका आफन्तहरुले शव बुझेका थिए ।

सहमति अनुसार सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने,मृतक परिवारलाई सरकारले १०(१० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एक(एक जनालाई रोजगारी दिने पनि निर्णय भएको थियो।

साथै सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS