
काठमाडौं। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुव विश्वविद्यालयमा उपकुलपति,रेक्टर र रजिष्टारको माग गर्दै खुला सडक बहस गरेको छ । मंगलबार नेविसंघले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा खुला सडक बहस कार्यक्रम गरेको हो।

विश्वविद्यालय सुधारको अनिवार्य सर्त उपकुलपति खुला प्रतिस्पर्धाबाट,उपकुलपतिको परिचय दलीय झन्डा नहोस्।प्रधानमन्त्री दीक्षान्तर त भयो रोजगारी खोइ?लगायतका प्लेकार्ड सहित रचनात्मक प्रस्तुती गरेका छन। साथै उनीहरुले सडकको भित्तामा रातो रंग समेत पोतेका छन ।

मुलुककै सबै भन्दा जेठो त्रिभुवन विश्व विश्वविद्यालय यति बेला उपकुलपति, रेक्टर र रजिष्टार विहिन बन्न पुगेको छ ।
