
काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । ठगी मुद्दाका आरोपित थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए ।फरार खड्काको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
उनी सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भइ भक्तपुर बस्दै आएका थिए।