images

एमालेले प्रयोग गर्‍यो टीआरसीको अस्त्र, राष्ट्रियसभामा ६ सिटको मागदाबी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिटभागबन्डा थप पेचिलो बन्दै गइरहेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दल भित्रै भागबन्डा नमिलिरहेको अवस्थामा एमाले समेत भाग खोजेपछि थप पेचिलो बनेको हो ।एमालेले प्रयोग ग¥यो टीआरसीको अस्त्र, राष्ट्रियसभामा ६ सिटको मागदाबी

सत्तारुढ दलसँगको छलफलका क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि ६ सिट मागेको छ । एमालेको प्रस्तावमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिए पनि माधवकुमार नेपाल नेतृत्वको एककीृत समाजवादी भने असन्तुष्ट भएको हो । एमालेले संक्रमणलीन न्यायसँग सम्बन्धित विषयमा सहमति गर्ने भए राष्ट्रिय सभामा ६ सिट दिनुपर्ने अडान राखेको हो ।

एमालेबाट रिक्त हुने ८ सदस्यमध्ये कम्तीमा ६ सिट पाउनुपर्ने उसको प्रस्तावमाथि गठबन्धन बैठकमा छलफल भए पनि निर्णयमा पुग्न सकेन । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमालेको प्रस्तावबारे प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिफिङ गरेका थिए । तर, एमालेको मागमा गठबन्धन दलहरु सहमत हुन नसेकेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पास गर्ने नाममा एमालेले बार्गेनिङ गर्न खोजेको उनीरुको बुझाइ छ । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा अहिले टिआरसी विधेयकबारे छलफल भइरहेको छ । सिट बाँडफाँडबारे सहमति हुन नसकेपछि दलहरूबीच आन्तरिक छलफलपछि पुनः बैठक बस्ने बताइएको छ ।