काठमाडौं । भोजपुरमा कोशी प्रदेशीका अन्तरपालिका स्तरिय ‘प्रथम पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ ।
पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको पौवादुङमा गोल्ड कप आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।
खेल क्षेत्रको विकाससँगै युवा,बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागिएको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले स्पेस समाचारलाई जानकारी दिए । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने अध्यक्ष राईको राईको भनाइ छ ।
प्रतियोगिता तथा माघिमेलाको समयमा जङ फुड निषेध गरिएको गाउँपालिकाले जनाएको छ ।स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्धेश्यले गाउँपलिकाले जङफुडलाई निरुत्साहित गर्ने नीतिका साथ काम गरिरहेको गाउँपलिकाको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु.तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हने नगद रु. दुई लाख मेडल र प्रमाण पाउने पौवादुङमा गोल्ड कप तथा माघिमेला कार्यक्रम –२०८० आयोजक समितिले जनाएको छ ।महिलातर्फ प्रथम हुनेले नगद रु. ६० हजार, द्धितिय नगद ४० हजारसहित प्रमाण पाउने जनाइएको छ ।