images

राष्ट्रिय सभा निर्वाचनको भागबन्डामा नेकपा एसको असन्तुष्टि

काठमाडौं– सत्तारुढ दल नेकपा एकिकृत समाजवादी राष्ट्रिय सभा निर्वाचनको भागबन्डाको विषयलाई लिएर असन्तुष्ट देखिएको छ ।

आइतबार बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसलाई १०,नेकपा माओवादी केन्द्रलाई ६,एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने तथा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिने विषयमा सहमति गरेको थियो ।

तर नेकपा एसले तीन सिट पाउनु पर्ने दाबी गरेको छ । नभए उसले केन्द्रमा एउटा मन्त्री दिनु पर्ने अडान राखेको छ । सो विषयमा नेकपा एसका अध्यक्ष माधव कुमारले नेपालले सरकार नै छोड्ने कि भन्ने विषयमा नेता घनश्याम भुसालसँग छलफल गरेको स्रोतले जनाएको छ ।