
काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि ६ जना उम्मेद्वारको नाम टुंग्याएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले ६ जना उम्मेद्वारको नाम टुंयाएको हो । काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ ।
माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले बताए ।
१९ सीटको लागि आगामी माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सीट पाएको थियो । राष्ट्रियसभा निर्वाचनको भोलि (सोमबार) उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।
हेर्नुहाेस् उम्मेदवारकाे नामावली
