images

शेयर बजारमा हरियाली, ४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं– सेयर बजारमा सोमबार हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३६ दशमलव ५७ अंकले बढेर २०५९ दशमलव ४९ विन्दुमा पुगेको हो । योसँगै बजारमा सोमबार४ अर्ब ६७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज बजार खुलेयता नै निरन्तरजसो उकालो लागेको थियो । नेप्से बढेसँगै २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ वटाको मात्र घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ । सोमबार १ करोड ३७ लाख बढी कित्ता सेयर बिक्री भएका थिए । आज सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो सँगै लगानीकर्ताहरुले कमाएका छन् । त्यसैगरी नारायणी डेभलपमेन्ट बैंक, प्रभु स्मार्ट फन्ड, एनएमबी डिबेन्चरलगायतका सेयरधनीले गुमाएका छन् । आज पनि सोनापुर मिनरल्सको सर्वाधिक २१ करोडको कारोबार भएको छ ।