images

कोशी प्रदेश सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

काठमाडौं–कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो । सत्तापक्षले आफू अल्पमतमा पर्ने डरका कारण राप्रपालाई सहर्थन गरेको थियो ।

एमालेले भने सत्तारुढ दल बाहेकका उम्मेद्वार भएका कारण राप्रपालाई समर्थन गरेको जनाएको छ । यदि एमालेले सभामुखमा प्रतिस्पर्धा गरेको भए पनि उसको पराजय निश्चित हुने अंकगणित रहेको थियो ।