images

विभागीय टोली एपीएफमाथि संकटाको फराकिलो जित

काठमाडौं–संकटा क्लवले जारी एन्फा यु–१६ युथ लिग फुटबलमा शानदार जित निकालेको छ । मंगलवार संकटाले विभागीय टोली एपीएफलाई ७–१ गोलको फराकिलो अन्तरमा हराएको हो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटाकाकृष्णबहादुर आलेले ह्याट्रिक पूरा गरे । जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लव १७ अंकसहित दोस्रो स्थानमा छ । खेलको ११ औं मिनेटमा कृष्णबहादुरको गोलबाट संकटाले अग्रता लिएको थियो । त्यसपछि २६ औं मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औं मिनेटमा दिलन लिम्बू र पहिलो हाफको थप समयमा कृष्णबहादुरले गोल गरे ।

५३ औं मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटालाई ५–० को अग्रता दिलाए । तीन मिनेटपछि नै एपिएफले एक गोल फर्कायो । तर, त्यसपछि थप दुई गोल व्यहोर्दै एपिएफले फराकिलो हार व्यहो¥यो । संकटाका लागि छैटौं गोल अरुण श्रेष्ठले ८१ औं मिनेटमा गरे । कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।