images

सत्ता साझेदार दलद्वारा राष्ट्रिय सभा निर्वाचन लक्षित समन्वय समिति गठन

काठमाडौं–सत्ता सादेझार दलहरुले राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न समिति गठन गरेको गरेका छन् मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो ।

। समितिको पहिलो बैठक बुधबार दिउँसो दुई बजेका लागि सिंहदरबारमा बोलाएको छ ।

समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

आगामी माघ ११ हुने निर्वाचनमा गठबन्धनले आफ्नो सिट सुरक्षित गरेको छ भने प्रतिपक्षी दल नेकपा एमालेलाई सकस पर्ने देखिएको छ ।