images

बैंक तथा वित्तिय संस्थामा खराब कर्जा बढ्दै

काठमाडौं– आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको अनुपात बढ्दै गइरहेको छ । पुरानो ऋण असुल नहुने र नयाँ कर्जा प्रवाह समेत नबढ्ने हुँदा बाणिज्य बैंकहरुको औसत खराब कर्जा दर ३ दशमलव ६६ प्रतिशत पुगेको छ ।

करिब डेढ वर्ष अघि अर्थात २०७९ को असारमा १ दशमलव ३१ प्रतिशत अर्थात ७४ अर्ब रहेको खराब कर्जा २०८० को असारमा ३ दशमलव ०२ प्रतिशतले बढेर १ खर्ब ८० अर्बको हाराहारीमा पुगेको थियो । अहिले औसतमा ३ दशमलव ६६ प्रतिशत देखिएपनि केहि बाणिज्य बैकहरुको खराब कर्जा दर ५ प्रतिशत नजिक पुग्दा वित्त समूहको खराब कर्जा ८ दशमलव ४ प्रतिशत नाघिसकेको छ ।

व्यावसायमा आएको संकुचनका कारण ऋणीहरुले ऋण तिर्ने क्षमतामा ह्रास आएको गुनासो गर्ने गरेका छन् । अर्कोतर्फ बढी खपत गर्ने युवा वर्ग पढ्ने या कमाउने नाममा हरेक दिन विदेश गईरहेका छन् । सरकारको पुजीगत खर्चको अवस्था पनि दयनीय छ ।

निर्माण क्षेत्रको अर्बाैँ रुपैयाँ भुक्तानी हुन सकेको छैन । सरकारले लगानीको वातावरण बनाउन नसक्दा लगानीकर्ताले ऋण लिएर लगानी गर्न डराईरहेका छन् । जसका कारण बैंकमा पैसा थुप्रिएको छ । त्यसले नगद प्रवाहमा पनि कमी ल्याएको छ