images

सेयर बजारमा तीब्र उतारचढाव

काठमाडौं– सेयर बजार नेप्से परिसुचकमा आज तीब्र उतारचढाव देखिएको छ । बुधबार कारोबार सुर भएको ४५ मिनेटमै २१६ बिन्दुमा पुगेको नेप्स बजार बन्द हुने बेला ९ दशमलव ५ अंक बढेर २ हजार ८९ दशमलव ६२ बिन्दुमा अडिएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब ११ करोडको कारोबार भएकोमा बजारमा बुधबार ५ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएकामध्यै ११८ कम्पनीको मूल्य बढ्दा ११८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । बुधबार बैंकिङ समूहको उपसूचक १ दशमलव १२, उत्पादन १ दशमलव १२, माइक्रोफाइनान्स १, अन्य २ दशमलव २ र व्यापार उपसमूह ० दशमलव ०१ प्रतिशत बढेको छ ।

हिमालयन रिइन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र ङादी ग्रुपको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।