images

माओवादी स्थायी कमिटीको बैठक शनिबारका लागि बोलाइयो

काठमाडौं– नेकपा माओवादी केन्द्रको बैठक आगामी शनिबारका लागि बोलाइएको छ । पार्टी सचिव राम कार्कीका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ भने चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ ।

माओवादी केन्द्रको भदौदेखि सुरु अभियान समापन गरिसकेको छ । सात वटै प्रदेशबाट आउने अभियानको रिपोर्टसहित स्थायी कमिटीमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै पार्टीले आगामी फागुन पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरेको छ । त्यसका लागि माओवादी केन्द्रले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।