images

प्रधानमन्त्री कप क्रिकेट- बागमती प्रदेशको दाेस्राे जित

काठमाडौं–प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशले दोस्रो जित हात पारेको छ । बाग्मतीले बुधबार त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ९८ रनको लक्ष्य बाग्मतीले २२ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । बागमतीका लागि अशोक पौडेल र प्रतिश जिसीले समान २१ बनाए । त्यस्तै ईशान पाण्डे र रविन जोशीले समान १२ रन बनाए ।

आर्मीका सोमपाल कामीले तीन तथा जितेन्द्र मुखिया र साहब आलमले समान २ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रन बनाएर अल आउट भएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । त्यस्तै भीम सार्कीले १८ र विवेक यादवले ११ रन जोडे । बागमतीका लागि सूर्य तामाङले पाँच विकेट लिए । त्यस्तै प्रतिश जिसी र रिजन ढकालले दुई–दुई विकेट लिँदा क्रिजन गुरुङले एक विकेट हात पारे ।

अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनीलाई ६० रनले हरायो । सिद्धार्थनगर रंगशालामा कर्णालीले दिएको १ सय ८ं५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१ ओभर २ बलमा १ सय २४ रन बनाउँदा अलआउट भयो । कर्णालीको यो दोस्रो जित हो भने लुम्बिनीको दोस्रो हार ।