images

सेयर बजारमा तीब्र उतारचढाव

काठमाडौं–सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ । दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण फर्किदा बजार सम्हालियो ।

सुरुवाती समयमा २१ सय ३३ विन्दुसम्म झरेको नेप्से सूचक अन्तिम समयमा हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक ७ दशमलव २४ अंकले घटेर २१ सय ५५ बिन्दुमा अडियो । साताको अन्तिम कारोबार दिन बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

बुधबार ९ अर्ब बढीको शेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भयो । हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । रिडि हाइड्रोपावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ उपसमूहमा व्यापार, हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक घटेका छन् ।