
काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा केजी सुनसहित एक जना पक्राउ परेका छन् ।
हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका झापाका २३ वर्षीय खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।
बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत रहेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।