images

एक करोड ८० लाख मेरो खातामा आएको छैनः रवि लामिछाने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एक करोड ८० लाख आफ्नो खातामा नभएको स्पष्ट पारेका छन् । कान्तिपुर पव्लिकेसनले रवि लामिछानेको खातामा जम्मा भएको भन्ने समाचारको खण्डन गरेका हुन्।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो खातामा उक्त रकम आएको भए प्रहरी,सिआइबीले हेर्न समेत चुनौती दिए। उनले हेडलाइन सच्याउन समेत आग्रह गरे । सभापति लामिछानेले कागजात मिलाउन कम्पनीले केही गरेको हुनसक्ने बताए । उनले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै आफ्ना विपरित गलत समाचार लेखेको बताए ।

उनले आफूले यस अघि १२ भाई मिडिया भनेको प्रति इंगित गर्दै त्यसबारे क्षमायाचना समेत मागे । उनले निरन्तर रुपमा समाचार गलत ढंगबाट समाचार सम्प्रेषण भएको बताए । उनले आफू कान्तिपुरको बदनाम गर्न नआएको बताउँदै निश्पक्ष पत्रकारिता गर्न आग्रह गरे । उनले आफूले गलत नगरेको बताउँदै आफ्नो खातामा पैसा नभएको दाबी गरे ।