काठमाडौं–दक्षिण अफ्रिकामा जारी आइसीसी यू १९ विश्वकप क्रिकेटमा अस्ट्रेलिया र बंगलादेश विजयी भएका छन् ।
सोमबार भएको पहिलो खेलमा अस्ट्रेलियाले नामेवियालाई ४ विकेटले पराजित गरेको हो । नामेवियाले पहिला ब्याटिङ गर्दै ३३.१ ओभरमा ९१ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले ६ विकेट गुमाएर १९.५ ओभरमा खेल जित्न सफल भयो । पहिला ब्याटिङ गर्दा नामेवियाका जाचेओ वान वुरेनले सर्वाधिक २९ रन बनाउँदा कप्तान एलेक्जेन्डर बुसिङले २१ रन जोडे । हानरो बेडनह्रस्टले ११ रन जोडेका थिए ।
अस्ट्रेलियाका कलुम भिड्लरले ४ विकेट लिँदा टम स्ट्राकरले ३ विकेट लिए । ९२ रनको सामान्य लक्ष्य भए पछि अस्ट्रेलियाले लगातार विकेट गुमाउन पुगेको थियो । कप्तान ह्यू वेइब्गेनले नटआउट ३९ रनको पारि खेल्दै जित दिलाए । यसैगरी हेरी डिक्सन र राफ म्याकमिलनले १६–१६ रन जोडे । नामेवियाका ज्याक ब्रासेलले ३ विकेट लिँदा हानरो बेडनह्रस्टले २ विकेट लिए ।
यस्तै, सोमबार नै भएको अर्को खेलमा बंगलादेशले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । बंगलादेशको पहिलो जित हो भने आयरल्याण्डको पहिलो हार हो । बंगलादेश भारतसँग पराजित हुँदा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो ।