
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध मिनि पार्लियामेन्टको रुपमा चिनिने संसदीय समितिमा समेत उजुरी परेको छ । प्रतिनिधि सभा अन्तरगर्त रहेको राज्यव्यवस्था तथा सुशासन समितिमै उजुरी दिइएको हो ।
युवराज सफलले लामिछाने नै सदस्य रहेको उक्त समितिमा उजुरी दर्ता गराएका हुन् । उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई आधार मानेर उनले उजुरी दर्ता गराएका हुन् ।
सोही उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन् । सफलले यस अघि सहकारी विभागमा समेत उजुरी दर्ता गराएका थिए ।
हेर्नुहाेस् उजुरी

