images

यू-१९ विश्व कप क्रिकेटमा भारतको लगातार दोस्रो जित

काठमाडौं– भारतले आइसिसी यू १९ विश्व कप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । भारतले बिहीबार आयरल्यान्डलाई २ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३ सय २ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड २९.४ ओभरमा १ सय रनमा अलआउट भएको थियो ।

भारतका लागि नमन तिवारीले १० ओभरमा ५३ रन खर्चेर ४ विकेट, सौम्य पाण्डेले ९ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका थिए । धनुष गोन्डा, मुरुगान अभिषेक र कप्तान उदय शरणले समान १ विकेट लिएका थिए ।

त्यसअघि आयरल्यान्डले टस जितेर भारतलाई ब्याटिङका लागि बोलाएको थियो । भारतले मुसिर खानको शतक र कप्तान उदयको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १ रन बनाएको थियो ।

पहिलो खेलमा बंगलादेशलाई हराएको भातर समूह एमा ४ अंकसहित शीर्षस्थानमा छ । बंगलादेश र आयरल्यान्डको समान २ अंक छ भने अमेरिका अंक विहिन छ ।