images

समुन्नत नेपाल, सम्मानित नेपालीको सपना साकार पार्ने अभियानमा लाग्न आग्रह गर्दछुः महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समुन्नत नेपाल, सम्मानित नेपालीको सपना साकार पार्ने अभियानमा लाग्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस स्थापना दिवसको ७८ औं स्थापना दिवसको अवसरमा महामन्त्री थापाले कांग्रेसको जगमा नै मुलुकमा राजनीतिक र आर्थिक उपलब्धी हासिल गरेको समेत बताएका छन् । सामाजिक सञ्जाल ट्विट मार्फत महामन्त्री थापाले भनेका छन्,आज माघ १२, नेपाली कांग्रेसको ७८औँ स्थापना दिवस ! यस अवसरमा सबै कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूमा शुभकामना ! पार्टी स्थापनाकाल देखि आजसम्म पार्टी निर्माणमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण श्रद्धेय नेतागण, बलिदानी दिने सहिद तथा योद्धाहरू प्रति हार्दिक नमन गर्न चाहन्छु। हामीले, आज स्थापना दिवसको अवसरमा श्रद्धा, संकल्प र सम्मान कार्यक्रम आयोजना गरेका छौँ। तपाईँहरू सबैलाई पार्टी केन्द्रीय कार्यालयमा निमन्त्रणा पनि गर्न चाहन्छु।

महामन्त्री थापाले कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धिको जगमा समुन्नत नेपाल, सम्मानित नेपालीको सपना साकार पार्ने अभियानमा लाग्न समेत आग्रह गरेका छन् ।