images

माओवादी सुदूरपश्चिममा अन्तरद्धन्द्ध, दलकाे नेता परिवर्तन

काठमाडौं–नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले संसदीय दलको नेता परिवर्तन गरेको छ ।

शुक्रबार संसदलीय दला उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत प्रदेशसभा सदस्यहरुको बैठकले संसदीय दलको नेता खगराज भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको उपनेता रावलले जनाएका छन् ।

असन्तुष्ट समूहले दलको नेता परिवर्तन गर्न पार्टी केन्द्रलाई आग्रह गरेका थिए । तर सुनुवाइ नभएको भन्दै बहुमत सांसदहरुको उपस्थितीमा भट्टलाई हटाएको बताए ।

धामीको अध्यक्षतामा बसेको बैठकमा ६ जना प्रदेशसभा सदस्यको उपस्थित भए पनि दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित रहेका थिए ।