images

०४६ पछि व्यवस्था मात्र हाेइन,अवस्था पनि फेरिएकाे छः नेता सिंह

काठमाडौं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्था मात्र हाेइन अवस्थामा पनि परिवर्तन आएकाे बताएका छन् । कांग्रेस स्थापना दिवसका अवसरमा बागमति प्रदेश कांग्रेसले आज हेटाैंडामा आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् ।

उनले कांग्रेसकाे नेतृत्वमा भएकाे आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन ल्याएकाे सिंहले बताए । उनले केही भएन भन्ने हाैवाकाे पछि नलाग्न पनि आग्रह गरे । अहिले राजनीतिक व्यवस्था बदलियाे अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खाेजिएकाे भन्दै त्यसकाे खण्डन गरेका हुन् ।

` ०४६ पछि राजनीतिक व्यवस्था मात्र फेरिएकाे छैन, अवस्था पनि फेरिएकाे छ । ०४६ अघि के थियाे ? शिक्षा, स्वास्थ, विकासकाे क्षेत्रमा अहिले के छ ? त्याे पनि हेराैंन ´ सिंहले भने । त्यस्तै उनले असहज अवस्थामा मिलेका दलहरूबिचकाे एकता थप बलिये बनाउनुपर्नेमा पनि जाेड दिए ।

कांग्रेस उम्मेदवारलाई जिताउन मतदान गर्ने सबैलाई बधाई दिँदे सिंहले विजेताहरूलाई कार्यकाल सफलताकाे शुभकामना पनि दिए । उनले अरू दलले गर्न नसकेकाे काम कांग्रेस नेतृत्वमा भएकाे स्मरण गर्दै अब पनि कांग्रेसले नै समृद्धिकाे अभियानकाे नेतृत्व गर्नुपर्नेमा सिंहकाे जाेड थियाे ।