काठमाडौं– डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा आर्मीले संकटालाई ३– गोलले पराजित गरेको हो । आर्मीको जितका लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरे । जिलेप्सीजंग कार्कीले पहिलो हाफको अन्तिममा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४९ मिनेटमा दिनेश हेम्जङले गोल गर्दै अग्रता दोब्बर बनाए ।
हेम्जङको प्रहारलाई रोक्ने क्रममा संकटाका कलदीप कार्कीले ह्यान्ड गर्न पुगेपछि आर्मीले पेनाल्टी पाएको थियो । खेलको ७६ औं मिनेटमा हेम्जङले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई अझै फराकिलो बनाए । उनले जिलेप्सीजंग कार्कीको असिस्टमा बललाई जाली चुमाए । आर्मीले अब सेमिफाइनल खेल माघ १८ गते चर्च ब्वाइज र एपीएफमध्येको विजेता टिमसँग खेल्नेछ ।