images

नेप्से परिसूचक १०.२६ अंकले बृद्धि

काठमाडौं – सेयर बजार परिसूचक नेप्से १० दशमलव २६ अंक बढेर २१ सय ४ बिन्दुमा उक्लिएको छ । साताको दास्रो कारोबार दिन पनि बजार बढेर बन्द भएको हो । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो कारोबार दिन ३ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३११ स्टकको १ लाख ३ हजार पटकको कारोबारमा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ । यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै बिन्ध्यबासिनी हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर र समाज लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गरिमा विकास बैंकको ऋणपत्रको मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ । १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।