images

यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

काठमाडौं–१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप खेल्न बंगलादेश जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुलाई बिदाई गरिएको हो । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाई गरे । नेपालले फेब्रुअरी २ मा बंगलादेश, फेब्रुअरी ४ मा भूटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

२ फेब्रुअरीदेखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ वटा टोली सहभागी छन् । राउण्ड रोबिन लिगपछि शिर्ष २ टोलीले फाइनल खेल्नेछन् ।