images
images

ललितपुरका तत्कालीन मालपोत अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस प्रदेशको उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत मिनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ साउन २६ देखि मिति २०७९ जेठ ३० गते सम्मको अवधिमा समग्र आय तथा ब्ययको विश्लेषण गर्दा ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसा अवैध आम्दानी गरेको अख्तियारको ठहर छ ।

भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा जग्गा खरिद, सेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात राखेको अनुसन्धानका क्रममा खुलेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS