images

भाेलिदेखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं– माघ १८ गतेदेखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा मेला सञ्चालन गर्न लागेको हो । निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का निर्देशक सिर्जन भट्टराईले जानकारी दिए । नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।

४ दिनसम्म चल्ने मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।