images

परिवर्तनका लागि मिलेर काम गरेका शक्तिहरु मिल्न सकेनन्ः नेता सिंह

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति परिवर्तनका लागि मिलेर काम गरेका शक्तिहरु मिल्न नसके आगामी दिन सहज हुन नसक्ने बताएका छन् ।

परिवर्तनकारी राजनीतिक शक्तिहरु मिलेर नै राजनीतिक परिवर्तनलाई संस्थागत गर्नुपर्ने भन्दै नेता सिंहले रानीतिक उपलब्धीलाई संस्थागत गर्नका लागि मिल्नुको विकल्प नरहेको प्रष्ट पारे ।

नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस कार्यक्रमका क्रममा आज मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आयोजित स्थानीय निकायका जनप्रतिनिधिहरु सँगको भेटघाट तथा अन्तरक्रियाका नेता सिंहले उक्त कुरा बताएका हुन् ।

नेता सिंहले स्थानीय तहलाई प्रभावकारी बनाउनु आवश्यक कानुनको अभाव रहेकाले अहिले ब्यवस्था र दलहरु प्रति अविश्वास बढेको बताए । उनले तिनैतहका सरकारको अधिकार बाँडफाडको लागि कानुा निर्माणमा ढिलाई गर्न नहुनेमा जोड दिए ।