images

नेकपा एमाले संसदीय दलको बैठक दुई दिने बस्ने

काठमाडौं– नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आगामी शनिबार र आइतबार दुई दिन बस्ने भएको हो ।

बैठक दिई दिन नै मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठक आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले बताए । सरकारका कामकारबाही र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने वर्ताैताले बताए ।

नेपाली कांग्रेस र रास्वपा संसदीय दलको बैठक भने आजै बस्ने भएको छ ।