images

प्रधानमन्त्रीसँग टिआरसी विधेयकलाई टुंग्याऔं भन्ने कुरा भयोः ओली

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा छलफल भएको बताए । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने,’समसामयिक विषय र शान्ति प्रक्रियाका कामहरु टुंग्याउने विषयमा कुरा भएको हो ।टिआरसी विधेयकबारे छलफल भइराखेको छ,त्यसबारे पनि कुरा भएको छ उनले भने,विधेयकलाई राम्रोसँग टुंग्याऔंँ भन्ने विषयमा कुरा भएको छ ।’

अध्यक्ष ओलीले टिआरसी विधेयकबारे एमालेको अडान जारी रहेको समेत बताए ।