images

अपराधीहरुलाई कार्बाही गर्न खोज्दा राजनीतिक पार्टीका मान्छे नै कराउन थाल्छन्ः गृहमन्त्री श्रेष्ठ

काठमाडौं–गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधीहरुलाई कार्बाही गर्न खोज्दा राजनीतिक पार्टीबाट नै दबाब आउने गरेको बताएका छन् । कुनै पनि अपराध,ठगि,जालसाजीमा राजनीतिक पृष्ठभूमीका मान्छे पक्राउ परेको अवस्थामा हाम्रो पार्टी,हाम्रो गठबन्धन हो भनेर कराउन थाल्छन् उनले भने ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार व्यवसायी अरूण चौधरीलाई पक्राउ परेको थियो। सरकारी जग्गा हडपेको आरोपमा चौधरी पक्राउ परेपछि उद्योगी, व्यवसायीले अपराध प्रमाणित नहुँदै अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै विरोध जनाएका थिए।

गृहमन्त्री श्रेष्ठले कर्मचारीलाई कार्बाही गर्न खोज्दा कर्मचारी संगठन र व्यवसायीलाई कार्बाही गर्न खोज्दा उनीहरुले दबाब स्वरुप वक्तव्यवाजी गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने,कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिदैन। अपराध गर्ने छुट दिन सक्दैनौं ।