images

राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं– संसदको माथिल्लो सदन राष्ट्रिय सभामा सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल थापा पार्वती रहेकी छिन् ।

त्यसैगरि उक्त प्रस्तावको समर्थक नेपाली कांग्रेस सांसद अनिता देवकोटा र नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठ लगायतका सांसदहरू रहेका छन् । मुलुकमा सवारी दुर्घटनाका कारण वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले त्यसको न्यूनिकरण गर्नका लागि उक्त प्रस्ताव दर्ता गरिएको सांसद दिल कुमारी रावल थापा पार्वतीले जनाएकी छिन् ।

हेर्नुहोस् प्रस्ताव सहित