images

एमाले टीआरसीको मस्यौदालाई मिलाएर पारित गर्ने पक्षमा छः ओली

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीआरसी विधेयको मस्यौदा मिलाएर पारित गर्ने पक्षमा एमाले रहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) को मस्यौदा मिलाएर पारित गरिने बताएका छन् ।

अध्यक्ष ओलीले भने,‘टीआरसीको मस्यौदामा केही कुराहरू मिलेको छैन । नेकपा एमालेले मस्यौदालाई मिलाएर पारित गर्ने पक्षमा छ । पीडितहरूले न्याय पाउनु पर्ने, ऐन पीडित केन्द्रित हुनु पर्ने, पीडितलाई पीडा थप्नु भएन, पीडितलाई जोरजुलुम गर्नु भएन, मानवताविरुद्धका जघन्य अपराधमा छुट नहुने गरी अर्न्तराष्ट्रिय समुदायले स्वीकार गर्ने गरी र सर्वोच्च अदालतको फैसलाअनुसार फेरि हिंसा नहुने गरी ऐन पारित गर्न एमाले तयार छ । ऐन पीडितमैत्री बन्नु पर्छ।’

अध्यक्ष ओलीले तीन तहको सरकारका कारण संघीयतामाथि प्रश्न उठिरहेको बताए । उनले संघीतामाथि प्रश्न उठाउने नभई कार्यान्वयन गर्ने बेला भएको प्रष्ट पारे ।,