images

उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आव्हान

काठमाडौं–निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।

रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरेको आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो ।

यसअघि २०७९ वैशाख १० गते स्थानीय तह तथा मंसिर ४ गते प्रतिनिधिुभा र प्रदेशसभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ ।