images

संक्रमणकालीन विधेयकलाई टुंगोमा पुर्‍याउन कानुनमन्त्री गुरुङद्वारा सांसदहरुसँग छलफल

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा सांसदहरुसँग छलफल गरेका छन् ।

मन्त्री गुरुङले सोमबार कानून, न्याय तथा मानव अधिकार समितिका सदस्यहरुसँग अनौपचारिक रुपमा संक्रमणलिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा छलफल गरेका हुन् । छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पु¥याउनका लागि सरकारको तर्फबाट भइरहेका पहलबारे जानकारी गराएका थिए ।

छलफलपछि समिति सदस्य महेश बर्तौलाले आफूहरुले पीडितमैत्री कानुन बनाउन सुझाव दिएको बताए ।

समितिका अर्का सदस्य सन्तोष परियारले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा असहमतिका बुँदाहरुमाथि छलफल भएको बताए । उनले यसबारे मंगलबार पुनः छलफल हुने पनि बताए ।