images

नेप्से परिसूचक १४ अंकले वृद्धि

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १४ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिममा घट्ने प्रयासमा थियो ।

तर, कारोबार सकिनुभन्दा १० मिनेटको अन्तरालमा नै १४ अंकको वृद्धि आएपछि दोहोरोको अंकले बढेर बन्द भएको हो । आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको ७४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ ।

यसक्रममा १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १३ वटा कम्पनीको मूल्य भने स्थिर छ । परिसूचक दोहोरो अंकले बढ्दा नेपाल टेलिकम र पिपल्स पावर लिमिटेडको मूल्य समान १०÷१० प्रतिशतले बढेको छ । यसबाहेक समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावार डेभलपमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसक्रममा ४ वटा कम्पनीको सूचक भने घटेको छ । आज होटल र टुरिजम, उत्पादनमूलक, म्यूचुअल फण्ड र निर्जीवन बीमा कम्पनीको सूचक घटेको हो । यसबाहेक सबैजसो कम्पनी समूहहरुको सूचक बढेको छ ।