images

संघीय संसदको महासचिवमा नियुक्तिमा राष्ट्रपतिले चलखेल गरेको एमालेको आरोप

काठमाडौं– नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा नियुक्तिमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् ।

सोमवार राष्ट्रिय सभाको बैठकमा उनले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै प्रश्न गरे । महासचिव नियुक्तिमा राष्ट्रपतिले राजनीति गरेको उनको अरोप छ ।

संसदीय दलका नेता, राष्ट्रिय सभा, नेकपा एमाले दाहालले सत्ता गठबन्धनको अकर्मण्यताका कारण यो व्यवस्था आएको टिप्पणी गरे ।