images

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं–नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशव कुमार बुढाथोकीको निधन भएपछि कांग्रेसले आकस्मिक रुपमा कार्यसमितिको बैठक बोलाएका हो ।

बुढाथोकीको निधन प्रति शोक पारित गर्नका लागि बैठक बोलाएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीलाई समेत आमन्त्रण गरिएको छ ।