काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ विष्णुदेवी मन्दिर नजिकै निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्याङ्कीको पानीमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको छ ।
धादिङको गजुरी गाउँपालिका घर भएकी सरिता तामाङका ७ वर्षीय छोराको पानीमा डुबेर मृयु भएको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा डुबेर बालकको बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।