images

सेयर बजार पसिसूचक नेप्से ९.४४ अंकले बढ्यो

काठमाडौं–सेयर बजार पसिसूचक नेप्से ९ दशमलव ४४ अंक बढेर २ हजार ८५ विन्दुमा उक्लिएको छ ।

अघिल्लो कारोबार दिनको अन्तिम समयमा बढेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ ।

अघिल्लो कारोबार दिन २ अर्ब ४३ करोडको शेयर कारोबार भएको बजारमा मंगलबार ३१५ स्टकको ६६ हजार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने २ उपसमूहको सूचक घटेको छ । समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।