images

मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्छः खानेपानीमन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मंगलबार स्थानीय तहका जनप्रतिनिधिहरुले निर्णय प्रक्रियामा ढिलाई गर्दा कामले गति लिन नसकेको भन्दै उनले त्यसमा सुधार ल्याउनका लागि आयोजनाको निर्णय प्रक्रिया नै पुनर्संरचना गर्न आवश्यक रहेको बताए ।

मन्त्री यादवले मेलम्ची खानेपानी काठमाडौंवासीका लागि वर्षातमा अभाव हुने भएकाले सरकारले काठमाडौं भित्रकै स्रोतहरुको उचित व्यवस्थापनको कामलाई अघि बढाएको पनि समितिलाई जानकारी गराए ।