काठमाडौं–नेपाली कांग्रेसका सांसद गगन थापाले जग्गा हड्पन्ने देखि किर्ते जालसाक्षी गर्नेहरुमाथि कारबाही हुनु पर्नेमा जोड दिएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता थापाले भने, ‘जो सुकै होस् । जतिसुकै शक्तिशाली होस् । राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् ।नेपालको सार्वजनिक जग्गा कसैले हड्पछ भने,सजाय पाउनु पर्दैन? उनले भने,जति सुकै शक्तिशाली होस्। जुनसुकै पदमा बसेको होस् ।हातमा ताकत होस्। क्लम होस् ।नागरिकता बनाउदा किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ। त्यसकारण उसको किर्ते माफि हुन्छ चल्छ ?’ उनले ठगी धन्दा गर्नेहरुमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।
सांसद थापाले नागरिकहरुमा राज्यका निकायहरुसँग विश्वास गुम्दै गएको बताए् ।उनले प्रधानमन्त्रीले प्रधानमन्त्रीको कुर्सीमा बसेर दिनको १० देखि पाँच बजेसम्म देशका बारेमा सोच्नु पर्ने बताए । उनले काम गर्ने शैली परिवर्तन गर्नु पर्ने बताउँदै त्यसको सुरुवात प्रधानमन्त्रीबाटै हुनु पर्ने बताए । उनले सरकारले गरेको सुशासनको काम गरे भन्दैमा नहुने भन्दै त्यसको महसुस जनताले गर्न पाउनु पर्ने बताए।
उनले अबको ६ महिना भित्र विभिन्न ४० वटा अध्यावश्यक कानुन बनाउनु पर्ने अभिभारा आएको समेत बताए ।


स्पेस समाचार







