images

प्रधानमन्त्री ज्यूले आत्म समिक्षा सहित नयाँ ढंगले काम गर्ने घोषणा गर्नु भएको छः सांसद शर्मा

काठमाडौं–नेकपा माओवादीका सांसद जनार्दन शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्म समिक्षा सहित नयाँ ढंगले काम गर्ने घोषणा गरेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले भने,’अहिले सरकारले सुशासन समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकारले जुन पहल गरिरहेको छ । त्यसलाई तिब्र बनाउनका लागि यस संसदको खबरदारी साथ र सहयोग आवश्यक छ ।’

उनले थपे,’प्रधानमन्त्री ज्यूले आत्म समिक्षा सहित नयाँ ढंगले काम गर्ने घोषणा गर्नु भएको छ। ती घोषित नीतिहरु कर्यान्वयनका लागि समग्र राज्य संरचना र नेतृत्वको कार्यशैलीको आवश्यकता छ ।’
सांसद शर्माले इमान्दारिता भएपछि मात्रै सुशासन कायम हुने बताए ।

साथै उनले गत संसदको अधिवेशनले मिटरव्याज र नागरिकता सम्बन्धी कानुन बनाएको भन्दै त्यसलाई उपलब्धीको रुपमा लिनु पर्ने बताए ।