images

राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८० सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० राष्ट्रियसभाको सर्वसम्मतिले स्वीकृत गरेको छ । बुधबारको बैठकमा ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफलपछि प्रतिवेदनमाथि संशोधन राख्न ७२ घण्टाको समय दिइएको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८० लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गरिन् ।
बैठकले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित पनि गरेको छ । राष्ट्रियसभाको अर्को बैठक माघ २८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।